स्वास्थ्य क्षेत्र सुधारका विषयमा सल्यानमा छलफल

सल्यान, २० असोज ।

स्वास्थ्य क्षेत्रमा भएका काम र सुधार गरेर लैजानुपर्ने विषयमा सल्यानमा बुधबार छलफल भएको छ । स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको स्वास्थयका लागि सक्षम प्रणालीको दातृ निकाय युएसएआईडीका नेपाल प्रतिनिधीहरु र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेन लगाएत कपुरकोट गाउँपालिकाकावीच छलफल भएको हो । गाउँपालिका र स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रमको सहकार्यको बारेमा समिक्षा गरिएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले बताए ।

सो क्रममा कपुरकोट गाउँपालिकाका समेत अध्यक्ष रहेका भिम बहादुर सेनले आफ्नो पालिकाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि स्वास्थयका लागि सक्षम प्रणालीले महत्वपूर्ण प्राविधिक सहयोग गरेको बताएका थिए । उनले गाउँपालिका राष्ट्रिय महासंघमा पनि स्वास्थ्यका विषयमा छलफल हुने, स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश तथा संघीय सरकारसंग समन्वय गर्ने लगाएतका कार्य गरिरहेको जानकारि दिएका थिए । यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेन लगाएतले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकाले यस क्षेत्रमा सबैको सहकार्य आवश्यक र।हेकोमा जोड दिएका थिए ।

युएसएआईडी नेपालका स्वास्थ्य निर्देशक पेट्रेसिया मेन्गेह, वित्तिय निर्देशक जे माघ्रा, स्वास्थ्य सल्लाहकार नुर प्रसाद पन्त, एलेन पाइर्स, दिपक पौडेल, होमनाथ सुवेदी लगाएत स्वास्थयका लागि सक्षम प्रणाली सल्यानको टिम छलफलका लागि कपुरकोट गाउँपालिकामा आएको थियो ।

मातृ तथा नवशिशु कार्यक्रमलाई कसरि प्रभावकारी बनाउने, पालिकाभित्र रहेको आधारभुत स्वास्थय केन्द्रहरुको सुदृढिकरण कसरि गर्ने, सेवाको पहुँच वाहिर रहेकालाई कसरि सेवाको दायरामा ल्याउने लगाएतका विषयमा छलफल भएको थियो । सो अवसरमा धनवाङ स्वास्थ्य चौकी कपुरकोटको अनुगमन समेत भएको सिनियर अहेव सुवाश हमालले जानकारी दिए ।

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार १३:२४