बर्दियामा हात्तिको आक्रमण : एक युवकको मृत्यु

बर्दिया – बर्दियामा हात्तीको आक्रमणमा परी एक युवकको मृत्यु भएको छ । राजापुर नगरपालिका वडा नं. १० झप्ती स्थित गेरुवा कर्णाली नदी किनाराको बाटोमा हात्तीले आक्रमण गर्दा सोही ठाउँका ३५ वर्षिय बेचन दहितको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दहितलाई हात्तीले कहिले आक्रमण गरेको भन्ने खुलेको छैन । घरदेखि अन्दाजी १ किलोमिटर पूर्व तर्फ हात्तीको आक्रमणबाट दहितको मृत्यु भएको खबर अाइतबार आज विहान साढे ६ बजे प्रहरीलाई प्राप्त भएको थियो ।

त्यसपछि ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डको प्रहरी टोलीले दहितको शवलाई नियन्त्रणमा लिई जिल्ला अस्पताल गुलरिया बर्दियामा लगेको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले बताउनुभयो ।

प्रकाशित मिति: २४ आश्विन २०७८, आईतवार ११:१३