कर्णालीमा डुंगा पल्टियो, सुर्खेतकी एक युवती वेपत्ता

सुर्खेत, २४ असोज ।

कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार एक युवती वेपत्ता भएकी छिन् । सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिएको हो ।

डुंगा पल्टिँदा चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक वेपत्ता भएको वडा अध्यक्ष शंकर बहादुर कामीले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ९ बजेतिर डुंगा पल्टिएको हो ।

घरको लागि कमेरो र माटो ल्याउन छिमेकी गाउँपालिका जान लागेकी विक नदीमा खसेर बेपत्ता भएकी हुन् ।

प्रकाशित मिति: २४ आश्विन २०७८, आईतवार १२:१३