कपुरकोटमा बोलेरो दुर्घटना हुँदा ८ जना घाइते (नाम सहित)


सल्यान, ७ कार्तिक ।


सल्यानको कपुरकोटमा गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । आइतबार विहान करिव ७ः ५० बजेतीर सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जीप (डबल क्याब) कपुरकोट ३ स्थित मुलपानी बनस्पति उद्यान नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । अन्दाजी ३५ वर्षिय घाइते ती पुरुषको यो समाचार तयार पार्दा सम्म परिचय खुल्न सकेको छैन । अन्य घाइतेहरुमा बागचौर नगरपालिका वडा न १ सलयान निवासी अन्दाजी १४ वर्षिय आयुस बस्नेत, २२ वर्षिय मनोज वस्नेत, बानपा २ का अन्दाजी २७ वर्षिय सिता वली, २८ वर्षिय बविता रावल र निजको ११ वर्षिय छोरी एसिका रेउले तथा गाडी चालक बानपा २ का १९ वर्षिय हिक्मत पुन मगर रहेको प्रहरीले जनाएको छ । यस्तै बानपा २ कै १९ वर्षिय अर्जुन केसीको अवस्था सामान्य छ ।


घाइतेहरुलाई उपचारका लागि दाङ पटठाइएको छ । गाडी सडकबाट एक सय मिटर भन्दा तल खोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति: ७ कार्तिक २०७८, आईतवार ०९:५२