निराजन माविमा विद्यालय आत्मनिर्भर कोष खडा, आफुले पाउने भत्ता कोषमा जम्मा गर्ने प्रअको घोषणा

सल्यानकोे शिद्धकुमाख गाउँपालिकाको ढोरचौरमा रहेको निराजन माध्यामिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले आफुले राज्यबाट पाउदै आएको प्रअ भत्ता बापतको रकम बिद्यालयको आत्मनिर्भर कोषमा जम्मा गर्ने बताउनु भएको छ ।


बिद्यालयमा न्युन दरबन्दी रहेको र आर्थिक समस्याले शैक्षिक सुधार गर्न समस्या भएको भन्दै उहाँले आफुले पाउने प्रअ भत्ता कोषमा जम्मा गर्ने बताउनुभयो । बिद्यालयलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने उदेश्यका साथ बिद्यालयमा कोष स्थापना गरिएको उहाँले बताउनुभयो ।


कोषमा केही रकम जम्मा भैसकेको र आगामी दिनमा यसलाई मुर्तरुप दिने उहाँको भनाइ छ । विद्यालयको कोषमा जम्मा गरि विद्यालयको आत्मनिर्भर कोषलाई बढाउन बिद्यालय, संघसंस्था, समाजसेवी, शिक्षा प्रेमी लगाएत सरोकारवाला निकायले सहयोग गर्ने बिश्वास व्यक्त गर्नुभयो।


विद्यालयको शैक्षिक सुधारमा बाधा पुगेको बताउँदै उहाँले यस विद्यालयलाइ जिल्लाकै आर्थिक,शैक्षिक गतिविधिमा नमुना विद्यालय बनाउने सपना देखेको बताउँदै यस्को शुरुवात आफैबाट गरेको बताउनुभयो ।सबैको सहयोगले विद्यालय र विद्यार्थीको भविष्य उज्वल बनाउनमा सहयोग पुग्ने प्रअ घर्तिले बताउनु भयो ।

विद्यालयको आत्मनिर्भर कोष बिधालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, प्रधानध्यापक र लेखापालको संयुक्त नाममा संचालन गरिनेछ भने सो कोषमा जम्मा भएको रकमको ब्याज बाट बिद्यालयको आन्तरिक स्रोतका शिक्षकको तलव भत्ता र विद्यालयको आवश्यक कामकाजमा खर्च गरिने छ।

प्रकाशित मिति: ७ कार्तिक २०७८, आईतवार १८:१३