
सल्यानमा सर्वदलीय सर्वपक्षिय बैठक सम्पन्न भएको छ । कोभिड–१९ का कारण लामो समय देखी बस्न नसकेको बैठक आइतबार प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाँइको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सल्यानमा सम्पन्न भएको हो ।
सल्यान प्रतिनिधिसभा सदस्य टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकका बोल्ने वक्ताहरुले जिल्लाको शान्ती सुरक्षालाइ कायमै राख्न सबैले आ आप्mनो ठाउँबाट भुमिका खेल्नु पर्ने बताउनुभयो ।
अपराध न्युनिकरण,विपद व्यवस्थापन, सडक दुर्घटना न्युनिकरण लगायत शान्ती सुरक्षाका सवालमा जिल्लामा जिम्मेवार निकाय प्रहरी प्रशासनले राम्रो काम आएकोे बताउँदै सहभागीहरुले यस्तो कार्यमा राजनैतिक रुपमा समेत हस्तक्षेप गर्न नहुने बताए । अपराध न्युनिकरणमा राजनैतिक दलको भुमिका समेत महत्वपुर्ण हुने सहभागीहरुको जोड थियो ।
पछिल्लो समय जिल्लामा मदिरा सेवन बाट विभिन्न अपराधिक घटनाहरु घटी रहेका कारण मदिरा न्युनिकरणका लागी सबै राजनैतिक दलका प्रमुख प्रतिनिधिहरुले सामुहिक रुपमा प्रतिबधता समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संघीय शांसद टेक बहादुर बस्नेतले जिल्लाको शान्ती सुरक्षा कायम राख्न प्रहरी प्रशासन बाट प्रशंसनीय कार्य भइ रहेको बताउनुभयो । लामो समय देखी अनुसन्धानमा रहेका घटनाहरुका दोषी पक्राउ परेपछि प्रहरीमाथी जनताको विश्वास अझै बढ्दै गएको उहाँले बताउनुभयो ।
पछिल्लो समय जिल्लामा घटेका केही रहस्यमय घटनाका दोषीलाइ पनि छिट्टै कानुनी दायरामा ल्याएर पीडितलाइ न्याय दिलाउने कार्यमा यहाँको प्रहरी प्रशासनले भुमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, जिल्लामा कृयाशील विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख,पत्रकार तथा अधिकारकर्मी सहित सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ७ कार्तिक २०७८, आईतवार २०:२३