कभर खवर

  • १० कार्तिक २०७८, बुधबार १८:५२

सल्यानमा ब्यापारी बाट ३ लाख लुटपाट गरी फरारमध्य एक अभियुक्त पक्राउ


सल्यानमा ब्यापारी बाट ३ लाख लुटपाट गरी फरारमध्य एक अभियुक्त लाइ प्रहरीले पक्राउ गरेको छ । सोमवार दिउसो कपुरकोट गाउँपालिकाको कालापातल जङ्गलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चुस्ता लगाइ गाडी रोकि नेपालगन्ज बाट तरकारी किन्न आएका ब्यापारी सेराज हलुवाइको साथबाट नगद रु ३ लाख लुटपाट गरि फरार भएका मध्ये एक जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


पक्राउ पर्नेमा रोल्पा सुनछहारी गाउँपालिका –७ निवासी ३० वर्षीय तिलक बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।उनलाइ इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोट बाट खटिएको प्रहरी टोलिले रोल्पाको रुन्टिगडी गाउँपालिका– ८ गर्पा खोलाबाट पक्राउ गरिएको हो ।


जिल्ला अदालतबाट १५ दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अगाडि बडाएको साथै लुटपाटमा संलग्न अन्य ब्यक्तिहरुको खोजी कार्य भइ रहेको प्रहरीले जनाएको छ ।


यसरी नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको बर्दिको दुरुपयोग गरि यस्ता विभिन्न अपराधिक क्रियाकलापजन्य गतिविधि बढेको हुँदा त्यस्तो बर्दिको दुरुपयोग भएको जानकारी भएमा वा शंका लागेमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन प्रहरीले सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७८, बुधबार १८:५२