दाङका राम्रा होटलहरू कति ?

दाङ १५, पुष – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले दाङका होटेलहरुको वर्गीकरण गरेको छ । कार्यालय प्रमुख विवेक बञ्जाराका अनुसार दाङको तुलसीपुर, घोराही, लमही, भालुवाङका होटेलहरुको स्तरीकरण गरिएको हो । होटेलहरुको अवस्थाको विश्लेषण तथा सुधारका लागि कार्यालयले होटेलको स्तरीकरण गरेको हो ।

वर्गीकरण गरिएकामध्ये चारवटा होटेलहरु अत्तिउत्तम (क श्रेणी) मा पर्न सफल भएका छन् । जसमा घोराहीका तीनवटा र भालुवाङको एउटा रहेको छ ।  त्यस्तै ९ वटा उत्तम (ख श्रेणी) मा पर्न सफल भएका छन् । जसमध्ये घोराहीका २, तुलसीपुरका एउटा, लमहीका ५ वटा र भालुवाङका एउटा होटल उत्तममा पर्न सफल भएका छन् । त्यस्तै १३ वटा होटेलहरु सन्तोषजनक (ग श्रेणी) मा पर्न सफल भएका छन् । जसमा घोराहीका २ वटा, तुलसीपुरका २, लमहीका ५ र भालुवाङका ४ वटा रहेका छन् । त्यस्तै ११ वटा होटेलहरु सामान्य (घ श्रेणी)मा पर्न सफल भएका छन् ।

जसमा घोराहीका १, तुलसीपुरका ३, लमही १ जना, भालुवाङमा ६ वटा रहेका छन् । विभिन्न ५० वटा सुचकका आधारमा होटेलहरु वर्गीकरण गर्ने गरिएको छ । खाद्य स्वच्छताका आधारमा होटेल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धि निर्देशिकाका आधारमा वर्गीकरण गर्ने गरिएको उनको भनाई छ । अहिलो होटेलहरुलाई क, ख, ग, घ श्रेणीमा विभाजन गर्ने गरिएको छ । क श्रेणीमा परेकाहरु अति उत्तम, ख श्रेणीमा परेकाहरु उत्तम, ग श्रेणीमा परेकाहरु सन्तोषजनक र घ श्रेणीमा परेकाहरुलाई सामान्य मान्ने गरिएको छ ।

१. घोराहीका होटेलको स्तर

डोको हस्पिटालिटि प्रा.लि. (क श्रेणी)
होटेल साईनो एण्ड रेष्टुरेन्ट (घ श्रेणी)
होटेल सिटि प्लाजा प्रा.लि (क श्रेणी)
न्यु मनकामना रेष्टुरेन्ट (ग श्रेणी )
भिङ्ग्रेली भिलेज (ख श्रेणी)
होटेल ग्रिन भ्यालि लज (ख श्रेणी)
होटेल माला ईन (क श्रेणी)
माउन्ट एभरेष्ट गेष्ट हाउस
(ग श्रेणी)

२. तुलसीपुरमा होटलको स्तर

एकान्त होटल (ग श्रेणी)
होटेल वेष्टर्न प्यालेस (घ श्रेणी)
माउन्ट भ्यु गेष्ट हाउस (घ श्रेणी)
होटेल मानसरोवर (घ श्रेणी)
सत्कार पाहुनाघर (ग श्रेणी)
हाम्रो रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर (बिना स्टिकर)
निशान मकालु तन्दुरी गेष्ट हाउस (बिना स्टिकर)
अन्नपूर्ण होटल (बिना स्टिकर)
हाम्रो खाजा घर (बिना स्टिकर)
विग वेली फेमली रेष्टुरेन्ट (बिना स्टिकर)
युवम म.म रेष्टुरेन्ट (बिना स्टिकर)
पाहुना घर होटल तथा रेष्टुरेन्ट (बिना स्टिकर)
सुराया रेष्टुरेन्ट (बिना स्टिकर)
सजना मिष्ठान्न भण्डार (ख श्रेणी)

३. लमहीमा होटलको स्तर

भुसाल गेष्ट हाउस (ख श्रेणी)
विएनवि होटल एण्ड लज (ग श्रेणी)
न्यु होटेल हाईवे (ख श्रेणी)
होटेल पौवा एण्ड लज (ग श्रेणी)
न्यु होटेल हिलसाईड (ख श्रेणी)
होटेल हाईवे एण्ड लज (ग श्रेणी)
हिमालय होटेल एण्ड लज (घ श्रेणी)
जि.सि गेष्ट हाउस (ग श्रेणी)
होटेल क्लासिक (ख श्रेणी)
द रोयल प्यालेस होटेल (ख श्रेणी)
होटेल टुडे प्लाजा (ग श्रेणी)

४. भालुवाङमा भएका होटलको स्तर

लुम्विनी होटेल (बिना स्टिकर)
होटेल फेसवुक तन्दुरी ( बिना स्टिकर )
न्यु हाम्रो होटल (ख श्रेणी)
अम्बिकेश्वरी होटेल एण्ड लज(घ श्रेणी)
पाल्पाली म.म रेष्टुरेन्ट (घ श्रेणी)
अर्घाखाँची ढाकावाङ् खनाल नास्ता ईसल एण्ड लज (घ श्रेणी)
होटेल पौवा प्रा.लि. (क श्रेणी)
निन्जा रेष्टुरेन्ट एण्ड गेष्ट हाउस (ग श्रेणी)
प्यूठानी आर्चाय होटेल (ग श्रेणी)
अर्घाखाँची खनाल होटेल (घ श्रेणी)
भुषाल रेष्टुरेन्ट (ग श्रेणी)
न्यु ६९ रेष्टुरेन्ट एण्ड कटेज (ग श्रेणी)
मनस प्यालेस होटेल (घ श्रेणी)
समरागी होटेल (घ श्रेणी)
मोतिमहल थकाली भान्सा रेष्टुरेन्ट एण्ड लज (बिना स्टिकर)

प्रकाशित मिति: १५ पुष २०७६, मंगलवार ०९:०४