कभर खबर

  • २४ कार्तिक २०७८, बुधबार १२:२७

वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढ्यो, पानी पर्ने सम्भावना छैन

जल तथा मौसम विज्ञान विभागले देशभर चिसो बढ्दै जाने क्रममा रहेको जानकारि गराएको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । तर तत्काललाई पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले जनाइन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।


हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७८, बुधबार १२:२७