अपराधिक कृयाकलाप बढाउने यस्ता प्रमुख कारण छन्ःडिएसपी थापा

समाजमा अपराधिक कृयाकलाप बढाउन विभिन्न पाँचवटा कारण रहेकाे सल्यानका प्रहरी प्रमुख डिएसपी गाेविन्द थापाकाे भनाइ रहेकाे छ । सल्यानमा करिब १५ महिनाकाे बसाइँ सकेर सरुवा भएर जान लाग्नु भएका डिएसपी थापाले अाइतबार पत्रकार सम्मेलन गर्दै यस्ताे बताउनु भएकाे हाे ।

पत्रकार सम्मेलनमा बाेल्दै डिएसपी थापाले सल्यानमा घटना हुनुका मुख्य कारण घरेलु मदिरा , बाल विवाह, बहुविवाह,चालक र सडककाे अवस्था ,वैदेशिक राेजगारी लगायतका रहेकाे बताउनुभयाे । उहाँले सल्यान जिल्ला कर्णाली प्रदेशमा सुर्खेतपछि बढि घटना हुने दोस्रो जिल्लाको रुपमा रहेकोे बताउनुभयाे।

जिल्लाकाे शान्ति सुरक्षा कायम राख्न जिल्लाका सबै सराेकारवालाहरूले साथ सहयाेग गरेकाे बताउँदै उहाँले अागामी दिनमा पनि अपराध न्युिनकरणमा सबैकाे साथ निरन्तर रहने कुरामा विश्वस्त रहेकाे बताउनुभयाे ।

प्रकाशित मिति: ५ मंसिर २०७८, आईतवार २०:४६