सल्यानमा नीति, कार्यक्रम विश्लेषण सम्बन्धी छलफल सम्पन्न


सल्यान, १२ मंशिर ।


कपुरकोट गाउँपालिकामा कृषि, शिक्षा, स्वास्थ्य र खानेपानी तथा सरसफाई लगाएतका क्षेत्रको नीति, कार्यक्रम विश्लेषण सम्बन्धी छलफल गरिएको छ । सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत आइतबार छलफल कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर संगै विषयगत शाखाका प्रमुख, सामुदायीक समूहका सदस्यहरुवीच छलफल भएको सुशासनमा नागरिक सहभागीता कार्यक्रमका सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले जानकारि दिए ।


कार्यक्रममा स्थानीय सरकारले प्रदान गर्ने सेवा तथा विकास निर्माणका कार्यहरूमा जनताको सहभागितालाई जोड दिइएको थियो । शिक्षा,स्वास्थ्य, कृषि तथा पशु, खानेपानीसंग सम्बन्धीत नीति, कार्यक्रमबारे नागरिकलाई जानकारि गराउने तथा नागरिकहरुलाई अधिकारको बारे चनाखो बनाउने उद्देश्य सहित छलफल कार्यक्रमको आयोजना गरिएको हो ।


शुसासन, जवाफदेही तथा पार्दर्शी सवलीकरण मार्फत नागरिक तथा स्थानीय सरकारबीच सहभागितामुलक सम्वन्ध स्थापना गर्न भन्दै दलित विकास समाज सल्यान मार्फत सुशासनमा नागरिक सहभागिता कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०७८, आईतवार १७:१५