तोकएिको तलव नपाएकाे भन्दै बालविकास शिक्षक र कर्मचारी धर्नामा


सल्यान,मंसिर १३
सरकारले तोकेको तलव पाउनुपर्ने माग गर्दै बालविकास शिक्षक र बिद्यालय कर्मचारीहरुले सल्यानको शारदा नगरपालिकामा धर्ना दिएका छन् । नगरभित्रका सबै बाल विकास शिक्षक र बिद्यालय कर्मचारीहरुले सरकारले तोके बमोजिमको तलव सुविधा पाउनुपर्ने माग गर्दै आइतवार नगरपालिकामा धर्ना दिएका हुन् । केन्द्रिय सरकारले वजेट वक्तव्यमा बाल विकास शिक्षक र बिद्यालय कर्मचारीहरुले पाउदैँ आएको मासिक ६ हजार तलवमा २ हजार केन्द्र सरकारले र बाँकी ७ हजार सम्वन्धित स्थानिय तहले थप गरेर १५ हजार दिनुपर्ने उल्लेख गरेको छ ।


सोही अनुसार जिल्लाका अरु स्थानिय तहहरुले तलवको व्यवस्था गरेपनि शारदा नगरपालिकाले वजेट वक्तव्य र केन्द्रिय सरकारले पठाएको परिपत्रको पालना नगर्दा आफुहरु आन्दोलित हुनुपरेको बाल बिकास शिक्षक समितीका अध्यक्ष शान्तिप्रभा पुरीले बाउनुभयो ।

हरेक क्षेत्रमा महंगी बढ्दै गएको अवस्थामा न्युन तलवले गर्दा दैनिकी चलाउन समेत समस्या भएको उहाँको भनाई छ । नगरपालिकामा बाल विकास शिक्षक, बिद्यालय कर्मचारी, कार्यालय सहयोगी गरेर १ सय ३२ जना रहेको नगरपालिकाले जनाएको छ ।


बिद्यालय कर्मचारी बिरबहादुर भण्डारीले स्थानिय तहको लापरवाहीका कारण आफुले अहिलेसम्म वजेट वक्तव्य अनुसार तलव नपाएको बताउनुभयो ।नगरपालिकाले आफुहरुको माग सम्बोधन नगर्दा सम्म पठनपाठन कार्यमा नफर्किने उनको भनाइ छ । ‘हामीले बालबालिकाको भबिष्यका लागि अहिलेसम्म पर्खिएर बसेका थियौँ तर धैर्यताको बाँध फुट्यो’ उहाँले भन्नुभयो ‘माग पुरा नहुदाँ सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
यता शारदा नगरपालिकाले बाल विकास शिक्षक र बिद्यालय कर्मचारीहरुको माग तत्काल सम्बोदन गर्न नसकिने जनाएको छ । नगरको आर्थिक स्रोत कम भएकोले ती शिक्षक तथा कर्मचारीको माग सम्बोधन गर्न समस्या भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबालले बताउनुभयो । यसबारेमा पुस महिनामा बस्ने नगरको हिउदेँ अधिबेशनले टुंगो लगाउने उहाँकोे भनाई छ ।


‘नगरको आन्तरिक स्रोत अन्यन्तै न्युन छ, यसबाट बाल विकास शिक्षक र बिद्यालय कर्मचारीहरुलाई मासिक सात हजारका दरले थप दिने हो भने झण्डै एक करोड बढी खर्च हुन्छ’ उहाँले भन्नुभयो ‘नगरले त्यती धेरै भार धान्न सक्दैन्,तर हिउदेँ अधिबेशनबाट केही गर्न सकिन्छ कि भन्ने सल्लाह भैरहेको छ, यस बिषयमा कार्यपालिका बैठकमा पनि छलफल हुने छ ।

नगरका सबै बाल विकासमा ३ सय ५६ बालिका र ४ सय १० बालक गरेर ७ सय ६६ जना बालबालिकाले अध्ययन गरिरहेका छन् ।
बल विकास शिक्षक कर्मचारीहरुको माग समयमै सम्बोधन नभए बालबालिकाको पठनपाठन समेत प्रभावित हुने भएको छ ।

प्रकाशित मिति: १३ मंसिर २०७८, सोमबार ०८:२७