सल्यानमा एक जना मृत अवस्थामा भेटिए


सल्यान
सल्यानमा एक जनाको मृत अवस्थामा शव फेला परेको छ । जिल्लाको कपुरकोट गाउँपालिका–६ निवासी रामकृष्ण बोहराका छोरा अन्दाजी १६ वर्षीय टेक बहादुर बोहराको शव कपुरकोट –५ ओखरपाटा भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधवार स्थानीय एक जनाको बिहेमा जन्ती गएका उनि घर न फर्किएपछि मृतकका परिवारले प्रहरीलाइ खबर गरेको थिए ।

प्रहरी र स्थानीयले खोज तलाश गरेपछि बिहिवार दिउसो ओखरपाटाको भिरमा करिब ५० मीटर तल बारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम प्रकाश यादवले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहीबार १७:४०