रोल्पाबाट रुकुम जाँदै गरेको ट्याक्टर सल्यानमा दुर्घटना, चालकको मृत्यु

सल्यान । मंसिर २८

रोल्पाबाट रुकुम जाँदै गरेको ट्याक्टर सल्यानमा दुर्घटना हुँदा चालकको मृत्युु भएको छ ।

सल्यानसँग सिमाना जोडिएको रोल्पा गंगादेव गाउँपालिकाको डल्सिङ्गेबाट रुकुम झुल्नेटातर्फ जाँदै गरेको रा १ त १६९८ नम्बरको ट्याक्टर सल्यान बागचौर नगरपालिका १२ धुराखर्कमा मंगलबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते बनेका गंगादेव गाउँपालिका ४ गैरानेटाका ४८ वर्षीय ट्याक्टर धनी समेत रहेका चालक गंज बहादुर डाँगीको उपचारका लागि लिदै गर्दा बाटोमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरिक्षक शुशिल थापा मगरको कमाण्डमा ५ जना र इप्रका सिमखोलीबाट प्रहरी नायब निरिक्षक नरेन्द्र बहादुर चान्दको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएको छ ।

ट्याक्टर के कारणले दुर्घटना भयो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०७८, मंगलवार १६:१७