शुसासनमा नागरिक सहभागिता कार्यक्रमले स्थानीय सरकारलाइ पारदर्शी बनायाे

सल्यान ।

शुसासनमा नागरिक सहभागिता कार्यक्रमले स्थानीय सरकारलाइ पारदर्शी बनाउन सहयाेग गरेकाे एक कार्यक्रमका सहभागीले जाेड दिएका छन् ।सल्यानकाे खलंगामा शुक्रवार सम्पन्न शुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तरगत जिल्ला स्तरीय समन्वय बैठकमा बाेल्दै सहभागीहरूले यस्ताे बताएका हुन् ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितीका उप प्रमुख हरि प्रकाश बुढाथाेकीले सबै भन्दा बढी शुसासन स्थानीय सरकारले गरी रहेकाे बताउनुभयाे । उहाँले प्रदेश र संघबाट अाउने बजेट मनाेमानी ढंगले विनियाेजन भइ रहेकाले त्यसमा समेत शुसासन र पारदर्शी हुन जरूरी रहेकाे बताउनुभयाे ।

कार्यक्रममा बाेल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले स्थानीय सरकारले गरेका काम जनता सम्म पारदर्शी ढंगले पुर्याउन यस कार्यक्रमले मद्दत पुगेकाे बताउनुभयाे । नागिरकलाइ शुसािन संग जाेड्न दलित विकास समाजले संचालन गरेकाे शुसासनमा नागिरक सहभािगता कार्यक्रम अत्यन्तै प्रभावकारी भएकाे बताउनुभयाे ।

शिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले स्थानीय सरकारले गर्नु पर्ने काम दलित विकास समाज सल्यानले गरेकाले पालिकालाइ समेत सहज भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, शुसासन सम्बन्धी कार्यक्रम संचालन भएपछिस्थानीय सरकारले खर्च गर्ने बजेटमा जनताकाे चासाे बढेकाे छ ।

दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले नागिरकलाइ सरकारसंग जाेड्ने काम अत्यन्तै प्रशंसनीय रहेकाे बताउनुभयाे । यस कार्यक्रमले जनतालाइ जागरूक बनाएकाे बताउनुभयाे ।

युराेपियन युनियन सहकर्मी समाज,दलित महिला केन्द्र, आइ एम स्विडेन डेभलपमेन्ट पाटनर तेरदे जाेम, दलित विकास समाज सल्यानकाे सहकार्यमा संचालित कार्यक्रममा सुशासनमा नागरिक सहभागिता कार्यक्रम का जिल्ला संयाेजक गुमान सिंह नेपालीले कार्यक्रमका विषयमा जानकारि गराउनु भएकाे थियाे ।

का अध्यक्ष निम बहादुर नेपालीकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति सल्यानका उपाध्यक्ष हरि प्रकाश बुढाथाेकीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे संचालन दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति: ३ पुष २०७८, शनिबार १६:५७