सल्यानमा मर्यादित महिनावारी प्रवर्धन अभियान शुरु


सल्यान,पुष ३०

महिनावारी भएको समयमा महिलाहरुले विभिन्न बहानामा भोगी रहेको अमर्यादित व्यवहारलाइ न्युनिकरण गर्न सल्यानमा मर्यादित महिनावारी प्रवर्धन गर्ने उद्देश्यले अभियान संचालन भएको छ ।


सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा जिल्लाको बागचौर नगरपालिका र दार्मा गाउँपालिकामा मर्यादित महिनावारी प्रवर्धन तथा छाउपडी प्रथा निवारणका लागी अभियान कार्यक्रम सम्पन्न भएको हो ।


सो अवसरमा सहभागीहरुले महिनावारी भएको समयमा भोग्नु परेको समस्या तथा पहिलेको तुलनामा अहिले व्यवहारमा केही कमी आएको बताएका थिए । जिल्लामा छाउगोठ नभएपनि महिनावारी भएको समयमा अरु समयको भन्दा फरक व्यवहार भोग्नु परेको बताए ।


गाउँघरमा कतिपय परिवारलाइ महिनावारी भएको समयमा गरिने सरसफाइ,खानपान र आरामका विषमा समेत जानकारी नभएकाले यस कार्यक्रमले थप कुरा बुभ्mने अवसर मिलेको बताए ।


कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले महिनावारी भएको समयमा गरिने विभेदको अन्त्य हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक विकास कार्यालयले शुरु गरेको यस अभियानमा पालिकाको तर्फबाट पुर्ण रुपमा सहयोग रहने बताउनुभयो ।


सामाजिक विकास कार्यालय सल्यानका प्रमुख कृष्ण प्रसाद अधिकारीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितीका संयोजक टिका वली शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण मानवअधिकारकर्मी तथा पत्रकार मिना बुढाथोकी, दार्मा गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अनमी लीला शर्मा र पत्रकार सरिता चलाउनेले गर्नु भएको थियो ।

प्रकाशित मिति: ३० पुष २०७८, शुक्रबार ०७:११