
सल्यान,पुष ३०
मानव अधिकार समूह बनगाड कुपिन्डे नगरपालिका सल्यानले नगरपालिकालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावत मार्फत नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । इन्सेकको इएलपी परियोजना अन्तरगत मानवअधिकार समुहको टोलीले पुष २९ गते पालिकालाइ ध्यानाकर्षण पत्र बुझाएको परियोजनाका संयोजक रामचन्द्र रेग्मीले जानकारी दिनुभयो ।
ध्यानाकर्षण पत्रमा नगरमा हाल सम्म स्वास्थ्य नीति नभएकाले स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने,नगरको शिक्षा नीतिको व्यवहारिक कार्यान्वयन नभएको भन्ने गुनासो आएकाले सो को कार्यान्वयन गरिनु पर्ने ,नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाइने छैन भन्ने व्यवस्था भए पनि विद्यालयहरूमा मनपरी रूपमा शुल्क लिइरहेको अवस्था देखिएकोले सो कार्य रोक्नु पर्ने छिटै रिक्त स्थानमा शिक्षक पदपूर्ति गर्नु पर्ने ,दलित छात्रवृत्ति नामावली विद्यालयको सुचना पार्टीमा अनिवार्य टाँस्न लगाउने व्यवस्था भए पनि सो कार्यान्वयन नभएकाले सो को कार्यान्वयन हुनु पर्ने रहेका छन् ।
यस्तै वर्षको १ पटक विद्यालयमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट बालबालिकाको स्वास्थ्य परीक्षण गरिनु पर्ने व्यवस्था भए पनि नभएको पाइएकाले सो को कार्यान्वयनको व्यवस्था गरिनु पर्ने, सूचिकृत विषादी बाहेक अन्य विषादीको प्रयोग गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि बजारमा सूचीकृत नगरिएकाले सो को नियन्त्रणका लागी पहल गरिनु पर्ने,स्वास्थ्य संस्थाहरूमा क्षतिपूर्ति सहितका नागरिक वडा पत्र राख्न पर्ने कानुनी व्यवस्था भए पनि यहाँका स्वास्थ्य संस्थाहरूमा नभएकाले सो को कार्यान्वयन हुनु पर्ने,यस नगरपालिका भित्रका विद्यालयहरूमा शिक्षक दरबन्दी कमी भएकाले स्वयम शिक्षकको व्यवस्था गर्नु पर्ने र शिक्षक पदपुतिं नहुँदा विद्यार्थीको पढाई अन्योल भएको गुनासो रहेकाले यस तर्फ समाधान खोज्नुपर्ने, शिक्षक विद्यार्थी पोसाक अनिवार्य नगरेको पाइएकाले शिक्षक विद्यार्थी पोसाक अनिवार्य लागु गरिनुपर्ने, शिक्षक विद्यार्थी आचार संहिता निर्माण गरी सोको कार्यान्वयन गराउन पहल गर्नु पर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
यस्तै विद्यालयहरूमा सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण कागजी हुने गरेकाले प्रक्रिया पुरा गरी गर्न पहल गर्नु पर्ने ,पुनः कोभिड ओम्रीकोमले विद्यालयहरूमा विद्यार्थीको पढाई अन्योल ग्रस्त हुन थालिएकाले वैकल्पिक विधि अपनाउने उपाय खोज्नु पर्ने,विद्यालयमा केही शिक्षकहरूले धुम्रपान, मद्यपान गरेर आउने गरेको गुनासो आएकाले सो को प्रभावकारी अनुगमन गरिनु पर्ने,सबै विद्यार्थीमा खोपको व्यवस्थापन गर्नुपर्ने,कोभिड जनचेतनामूलक कार्यक्रम प्रभाकारी बनाउनु पर्ने लगाएतका ध्यानाकर्षण पत्र मानव अधिकार समूह बनगाड कुपिन्डे नगरपालिका सल्यान सदस्यहरूको हस्तान्तरण उक्त ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रकाशित मिति: ३० पुष २०७८, शुक्रबार १६:२५