नगरपालिकाका लेखापालमाथी कुटपिट

सल्यान, ३ माघ ।

सल्यानको बागचौर नगरपालिकाका लेखापालमाथी कुटपिट भएको छ । लेखापाल प्रदिप डिसीमाथी एक युवाले कुटपिट तथा दुव्र्यवहार गरेको नगरपालिकाले जनाएको छ । आइतबार कार्यालयको कामको शिलशिलामा बागचौर नगरपालिका वडा नं.७ मा पुगेका लेखापाल डिसीमाथी दुव्र्यवहार र कुटपिट भएको भन्दै नगरपालिकाले दोषिदाई कारवाही गर्नका लागि सम्बन्धीत निकायमा ध्यानाकर्षण गर्दै एक विज्ञप्ती सार्वजनिक गरेको छ ।

सोमबार नगरपालिकाले जारी गरेको बिज्ञप्ती अनुसार लेखापाल डिसीलाई नगरपालिकाकै वडा नम्बर ७ स्थित टाट्केबजार नजिकै सोही वडाका २५ बर्षिय टिकाराम वलीले दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेका थिए । माघ २ गते अपरान्ह साढे चार वजे कार्यालयको कामको शिलशिलामा मोटरसाइकलमा त्यहाँ पुगेका लेखापाललाई विचबाटोमै रोकेर कुटपिट गरिएको बताइएको छ । वलीले लेखापाल डिसी चढेको मोटरसाइकल र अन्य सामानमा समेत क्षति पु¥याएको नगरपालिकाले जनाएको छ ।

बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिवहादुर कठायत द्वारा हस्ताक्षरित बिज्ञप्तीमा ‘कर्तव्य पालनाको सिलसिलामा एक राष्ट्रसेवक कर्मचारी माथी भएको घृणित र कायरतापुर्ण हर्कतको घोर भत्सर्ना गर्दै घटनामा संलग्न दोषी उपर कानुन बमोजिम कडा भन्दा कडा कार्वाहीको माग गर्दछौँ’ भनिएको छ ।

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार १७:१८