दाङ सल्यान सडक खण्डमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण हुँदै

शरद रेग्मी तुलसीपुर दाङ

 दाङ – सल्यान सडक खण्डमा त्रिसिद्देश्वरि राप्ति यातायात सेवाप्रालिले बिश्वकर्मा बाबाको मन्दिर निर्माण गर्दै छ ।तुलसीपुर कपुरकोट सडकमा पर्ने राम्री नजिकैको घुम्तिमा प्रालिले मन्दिर निर्माण गर्न लागेको हो।राप्ति सेवा प्रालिका प्रबन्धक पुस्कर धितालले आईतबार बसन्त पन्चमिको दिन पारेर एक कार्यक्रमका बिच सिलन्यास गर्नु भएको छ ।

यस अघि भयानक दुर्घटना भएको राम्री देखि पाच सय मिट माथि घुम्तिमा रहेको खुल्ला स्थानमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गर्न लागिएको यातायात ब्यबसायि प्रकाश भट्टले बताउनुभयो ।उहाका अनुसार सो स्थानमा प्रालिले मिनि पार्क समेत निर्माण गर्ने  छ ।

यात्रुहरुका लागि प्रतिक्षालय र खाने पानिको समेत ब्यबस्था मिलाईने छ ।सो स्थानमा कपुरकोट र दाङबाट समेत टिकटक र फोटो खिच्न जानेहरुको भिड हुने गरेको अर्का ब्यबसायि प्रितमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस अघि त्रिसिद्देश्वरि राप्ति यातायात सेवाप्रालिले घोराहि लमहि सडकको चौपट्टा,तुलसीपुर अमिलिया सडकको दमारगाउको पहाडमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गरिसकेको छ ।

त्यसैगरि त्रिसिद्देश्वरि मन्दिर परिसरमा समेत मन्दिर निर्माण गरिसकेको छ । जसका कारण गाडि धनिरुलाई पुजाआजा गर्न सहज भएको छ ।

प्रकाशित मिति: २५ माघ २०७८, मंगलवार १२:३१