कभर खबर

  • २८ फाल्गुन २०७८, शनिबार २१:११

बिरामी जाँचेरै थला परे सल्यान अस्पतालका एक्ला डाक्टर,भन्छन् १३ दिन सम्म दिनरात काम गरे अब सक्दिन

सल्यान

सल्यान अस्पतालमा दरबन्दी अनुसारका डाँक्टर नभएपछि एकजना डाक्टरले निरन्तर सेवा प्रदान गरी रहेका छन् । करिब दुइ हस्ता अघि सहकर्मी तीनजना डाक्टरहरु गएयता उहाँ एक्लैले सेवा प्रदान गरी रहनु भएको छ।
३सय ३६ घण्टासम्म निरन्तर सेवामा रहेका एमडिजिपी डाक्टर अभिशेक सिंह अहिले आफै थला पर्नु भएको छ शुक्रवार बेलुका पत्रकार सम्मेलन कायक्रममा बोल्दै उहाँले भन्नुभयो विगत १३ दिनदेखी एक्लै ओपिडी, इमरजेन्सी, प्रसूति सेवा समेत हेर्दै आएको छु आइतबार देखि सेवा दिन सक्दिन ।
दिनमा एक सय भन्दा बढी बिरामी आउँछन् पोष्टमाटम गर्ने शव आउँछन् म कति दिन एक्लै भ्याउन सक्छु, एमडिजिपी डाक्टर सिंहले भन्नुभयो, अहिले त आफ्नो प्रेसर बढेर आफै थला पर्न थालेको छु ।
अस्पतालमा डाक्टर नभएको दुई हप्ता भन्दा बढी भई सक्दा पनि प्रदेश र केन्द्र सरकारले आइतबारसम्म पनि डाक्टर नपठाए पछि सेवा दिन नसक्ने अस्पतालले जनाएको छ ।
जिल्लामा डाक्टर पठाउन भन्दै सरोकारवाला निकायलाइ पटक पटक आग्रह गरिएको छ । तर भोली, पर्सी आउछ भन्दै पन्छिने काम भइ रहेको अस्पताल व्यवस्थापनले बतायो ।प्रदेश मुख्यमन्त्रीलाई प्रत्यक्ष भेटेर नै अस्पतालमा तत्काल डाक्टर उपलब्ध गराउन आग्रह गरे पनि कुनै सुनुवाइ नभएको अस्पताल विकास समितिका अध्यक्ष सिपी वलीको भनाइ छ ।
आफूहरूले पटक पटक डाक्टरहरूको माग गर्दा पनि प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरेको उहाँले बताउनुभयो । मैले भन्ने ठाउँमा कतैपनि बाँकी न राखेर भनी सके,हुन्छ पठाउँछौं भन्नुहुन्छ तर पठाउनु हुँदैन अब त भन्दिन बरु राजिनामा दिन तयार छु ।
जिल्लाका राजनैतिक दल र निर्वाचित प्रदेश साँसद र संघीय साँसदले पनि कुनै चासो र पहल नगरेको बताउँदै उहाँले जनप्रतिनिधिहरुले समेत स्वास्थ्य संवेदनशीलता तर्फ चासो नदिएको बताउनुभयो । उहाँले भन्नुभयो जनताको स्वास्थ्यसँग जोडिएको क्षेत्रमा राज्य गैर जिम्मेवार बनेको देख्दा उदेक लाग्छ ।
यसैबिच अस्पतालले सेवा प्रवाह गर्ने सम्बन्धमा जटिल परिस्थिति उत्पन्न भई आएकाले स्वास्थ्य सेवा स्वास्थ्य कार्यालयमा आकस्मिक रुपमा सर्वदलीय सर्वपक्षीय सहित अस्पताल विकास समिति समेतको बैठक बस्ने भएको छ ।
पटक पटक डाक्टर पठाउन अनुरोध गरे पनि प्रदेश सरकार र सङ्घीय सरकारले डाक्टर नपठाउँदा अस्पतालको सेवा ठप्प नै हुने परिस्थिति आएपछि जिल्लाका सरोकारवाला, राजनीतिक दल, अस्पताल विकास समिति र पत्रकार सहितको सर्वदलीय सर्वपक्षीय बैठक बोलाइएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७८, शनिबार २१:११