सल्यानमा मतादाता नामावलीको सुची बाट दुइ सय ६३ जनाको मात्रै नाम हटाइयो ८ वटा पालिकाले मृततको विवरण बुझाएनन्

सल्यान , बैशाख ५
सल्यानमा दुइ सय ६३ जनाको मात्रै मतादाता नामावलीको सुची बाट नाम हटाएको छ । जिल्लाको शारदा नगरपालिका र दार्मा गाउँपालिकाबाट सिफरिस भइ आएका मतदाता नामावलीमा नाम रहेका तर मृत्यु भइ सकेकाहरुको नाम हटाइएको जिल्ला निर्वाचन कार्यालय सल्यानका सुचना अधिकारी तेजेन्द्र चन्दले जानकारी दिनुभयाे ।

१० पालिका रहेको यस जिल्लाको बाँकी ८ वटा स्थानीय तहले मृत्यु भएकाहरुको नाम सिफरिसनै नगरेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

पालिकाहरूले नाम पठाएपछि मात्रै मतदाता नामावलीबाट नाम हटाउन सकिन्छ,उहाँले भन्नुभयाे, हामीले निश्चित समयसिमा भित्र नाम हटाउन सिफारिस माग गरेका थियाैं तर साे अवधिमा दुइवटा पालिकाबाट मात्रै नाम सिफारिस भए । घरघरकाे सिंह दरबार भनिएकाे स्थानीय सरकारले पालिका भित्र कति जनाकाे मृत्यु भयाे भनेर समेत तथ्याँक संकलन गरेकाे पाइएन् ।

बरू यस विषयमा सम्बन्धित पालिकाहरूसंग प्रश्न गर्दा वडाले गर्नु पर्ने भन्दै पन्छिएका छन् । लिकाले वडामा सामाजिक सुरक्षा भत्ता लिने हरुमध्ये कतिपयले मृत्य दर्ता गर्ने गरेको भएपनि मृत्यु दर्ता नगराउने भएकाले यकीन तथ्याँक दिन नसकेको जनाएको छ ।

बनगाड नगरपािलकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर रावतका अनुसार पालिकामा कति जना काेभिड संक्रमण बाट मरे भनेर समेत तथ्याँक छैन्र । पालिकामा स्थानीयहरू मृत्यु दर्ता गराउन अाउँदैनन,उहाँले भन्नुभयाे,हामीले पनि कुन ठाउँमा कतिकाे मृत्यु भयाे भनेर खाेज्दै जाने कुरा भएन् ।

त्यसाे भए काेभिड बाट मृत्यु भएाकहरूकाे संख्या कति छ भन्ने प्रश्नमा समेत उहाँले पालिकाले तथ्याँक संकलन न गरेकाे प्रतिकृया दिनुभयाे । हामीले काेभिड संक्रमण जाँच गरेका हाैं, संक्रमित पछि कहाँ उपचार गराए कहाँ कति जनाकाे मृत्यु भयाे हामी कहाँ त्यस्काे डाटा छैन उहाँले भन्नुभयाे ।

यस्तै अन्य पालिकाहरूले पनि सामाजिक सुरक्षा भत्ता लिनेहरूकाे मात्रै मृत्यु दर्ता खाेज्ने गरेका छन् । पालिका भित्र काे मानिस के कारणले मृत्यु भयाे भन्ने बारे बेखबर पालिकाहरूले मतदाता नामावलीबाट मृत्यु भएकाहरूकाे नाम हटाउन सिफारिस नगरेपिछ मतदाता नामावलीकाे यकीन संख्या बाहिर अाउन सकेकाे छैन्र । यता निर्वाचन कार्यालय सल्यानका अनुसार सल्यानमा १लाख ५७हजार ७ सय १५ जना मतदाता रहेका छन।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार १४:४३