कभर खबर

  • ३० बैशाख २०७९, शुक्रबार १८:५०

कपुरकोटमा जनप्रतिनिधी चुन्न ६९.६६ प्रतिशतले मतदान गरे


स्थानीय तहका जनप्रतिनिधी चुन्नका लागि सल्यानको कपुरकोट गाउँपालिकामा आठ हजार तीन सय ६२ जनाले मतदान गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय कपुरकोटका अनुसार ६९.६६ प्रतिशत मतदाताले आफ्नो मत दिएका हुन् ।


६ वटा वडा रहेको कपुरकोट गाउँपालिकामा १५ वटा मतदान केन्द्रबाट चार हजार पाँच सय ५४ जना महिला र तीन हजार ८०८ पुरुषले मतदान गरेको निर्वाचन अधिकृत हेमन्त ज्ञवालीले जानकारि दिए । यस गाउँपालिकामा जम्मा १२ हजार तीन जना मतदाता रहेका थिए ।

१५ वटा मतदान केन्द्रको विवरण यसप्रकार छ ः

प्रकाशित मिति: ३० बैशाख २०७९, शुक्रबार १८:५०