कभर खबर

  • १३ जेष्ठ २०७९, शुक्रबार १७:२५

पारस्परिक जवाफदेहिता बढाउन साझेदारी मञ्चको बैठक सम्पन्न

सल्यान, १३ जेठ ।

सल्यानको कपुरकोट गाउँपालिकामा साझोदारी मञ्चको बैठक सम्पन्न भएको छ । हरप्लेस सल्यानको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत शुक्रबार मञ्चको बैठक सम्पन्न भएको हो । स्थानीय तहमा विभिन्न समस्या पहिचान र समाधानतर्फ सबैलाई जिम्मेवार बनाउने उद्देश्य अनुरुप पारस्परिक जवाफदेहिता परियोजना सञ्चालनमा रहेको कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले जनाए ।

बैठकमा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले गाउँपालिकामा देखा पर्ने हरेक समस्या समाधानमा सबै सरोकारवालासंग सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गरे । उनले सुशासनयुक्त गाउँपालिका निर्माणमा लागि पर्ने बताउदै पालिकाको चौतर्फी विकासका लागि सबै क्षेत्रसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले स्थानीय तहमा रहेका जायज सवाललाई बैठकमा छलफल गरी सम्बोधनका लागि अगाडी बढ्ने र पारस्परिक जवाफदेहिता बढाउन परियोजनाले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले नागरिकहरुको सवाल सम्बोधन र कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए ।

बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, वडा नं ३ का वडा अध्यक्ष प्रदिप खड्का, निवर्तमान जनप्रतिनिधीहरु, विभिन्न विषयगत शाखाका प्रमुख तथा प्रतिनिधी, पत्रकार, शिक्षक, स्थानीयहरुको सहभागिता थियो ।

प्रकाशित मिति: १३ जेष्ठ २०७९, शुक्रबार १७:२५