सल्यानमा ३५ क्युफिट अबैध सालको काठ बरामद

सल्यान, १५ जेठ ।

सल्यानमा ३५ क्युफिट अबैध सालको काठ बरामद भएको छ । कालिमाटी गाउँपालिका ४ जमुन्ताराबाट प्रहरीले अवैध सालको काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ । जमुन्ताराबाट टटाला भन्ने स्थानमा अवैध काठ लैजादै गरेको सूचना पाएपछि प्रहरीले चेकजाँच गर्ने क्रममा रा १ त ३४९६ नम्बरको ट्याक्टर सहित काठ बरामद गरेको हो ।

ट्याक्टरमा अवैध रुपमा रहेको चिरान ४९ थान (कडि २६, पटरा २३) गरेर ३५.२५ क्यु फिट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । अवैध काठ ओसार परेको गर्ने सल्यान कालिमाटी गाउँपालिका ५ दमदुवालीका ट्रयाक्टर चालक ३० वर्षीय अर्जुन गाहा मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । बरामद गरिएको काठ, ट्याक्टर र ट्याक्टर चालकलाई कालिमाटी सब डिभिजन वन कार्यालयलाई बुझाइएको खड्को भनाई छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आईतवार १८:०६