शारदा र कपुरकोटका प्रमुख उपप्रमुखविच छलफल

सल्यान, २७ असार ।

सल्यानको शारदा नगरपालिकाका र कपुरकोट गाउँपालिकाका प्रमुख उपप्रमुखवीच शिक्षा, स्वास्थ्य, पर्यटनको विकासका लागि छलफल भएको छ । सोमबार कपुरकोट गाउँपालिकाको कार्यालयमा शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी र कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारीको वीच छलफल भएको हो ।

सामुदायीक विद्यालय सुधार, गुणस्तरिय र प्रभाववकारी स्वास्थ्य सेवा तथा पर्यटन विकास र प्रवद्र्धनका विषयमा उनीहरुका विच छलफल भएको थियो । जिल्लाको समग्र पर्यटन विकास तथा स्वास्थ्य, शिक्षाको अवस्था मजबुत बनाउन जिल्लाका स्थानीय तहहरु र जनप्रतिनिधीहरुका विच समन्वय र सहकार्य हुनुपर्नेमा शारदा नगरपालिकाका प्रमुख भण्डारीले जोड दिए ।

यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष पुनले एक अर्काको अनुभव आदानप्रदान गर्दै विकासमा सहकार्य र नागरिकलाई प्रभावकारी तथा गुणस्तरिय सेवा प्रदान गर्नुपर्ने बताए । यस्तै गाउँपालिकाका उपाध्यक्ष भण्डारीले विकासमा सबैसंग हातेमालो गर्नुपर्ने भन्दै अन्तर स्थानीय तहकाविच सुमधुर सम्बन्ध हुनुपर्ने धारणा राखे ।

सो अवसरमा शारदा नगरपालिकाका प्रमुख भण्डारीलाई स्वागत तथा सम्मान गरिएको थियो । निर्वाचित भएर आएदेखी हाल सम्मको अनुभव साटासाट, आगामी आर्थिक वर्षको बजेट, स्थानीय तहका अवसर तथा चुनौती, सामाजिक सुरक्षा भत्ता वितरण, फोहोर व्यवस्थापन लगाएतका विषयमा पनि दुई स्थानीय तहका प्रमुख उपप्रमुखविच छलफल भएको थियो ।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार १७:४४