कभर खबर

  • १० श्रावण २०७९, मंगलवार १६:३९

टिकटक बनाउँदा चिप्लीएर कुपिण्डे तालमा डुबेर एक युवक वेपत्ता

सल्यान, १० साउन ।

सल्यानको कुपिण्डे तालमा घुम्न गएका एक युवा टिकटक बनाउने क्रममा तालमा डुबेर वेपत्ता भएका छन् । उनी टिकटक बनाउने क्रममा चिप्लीएर कुपिण्डे तालमा डुबेका हुन् ।

जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ३७ वर्षिय बेद बहादुर बस्नेत बनगाड कुपिण्डे नगरपालिका ९ मा रहेको कुपिण्डे तालमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनी बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा चिनजान भएका साथी धादिङ निवासी मुल बहादुर तामाङसंगै मंगलबार तालमा घुम्न आएका थिए । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति: १० श्रावण २०७९, मंगलवार १६:३९