कभर खबर

  • २० श्रावण २०७९, शुक्रबार १४:३४

विप्लव नेतृत्वको नेकपाका नेता लोकपालको मृत्यु प्रकरणमा उनकै साथी पक्राउ

सल्यान, २० साउन ।

विहिबार मृत फोला परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य लोकपाल केसी (लोलमान केसी) को हत्या भएको भन्दै परिवारले किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी पछि सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लोकपाल मृत अवस्थामा फेला परेको अघिल्लो दिन दिउँसो लोकपाल सँगै रहेका उनका साथी टोप बहादुर खत्री विरुद्ध परिवारले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

छत्रेश्वरी गाउँपालिका–४ झिम्पे ठूलीखर्क घर स्थायी ठेगाना भएका लोकपाल केसी बिहीबार बागचौर नगरपालिका वडा नम्बर १० मोखला नजिकै मृत फेला परेका थिए । घटनास्थलको प्रकृति अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लडेर मृत्यु भएको अनुमान गरेपनि मृतक केसीका छोरा लोकेश कुमार केसीलेले किटानी जाहेरी प्रहरीलाई दिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

साउन १८ गते अर्थात बुधबार दिउँसो आफ्नो बुबा संगै थारमारे बजारमा संगै बसि मदिरा सेवन गरी मोखला बजार तर्फ जाने भनि संगै हिडेका टोप बहादुर खत्रीले आफ्नो बुवालाई कर्तब्य गरी मारेको शंका लागेको भन्दै छोराले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए । जाहेरीपछि टोप बहादुरलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत सल्यानबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार १४:३४