सानीभेरी नदीमा एक युवकको शव फेला, पहिचान खुलेन

सल्यान, १ भदौ ।

रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ । सानीभेरी गाउँपालिका वडा नं ४ स्थित सानीभेरी नदीको बीचको टापुमा अन्दाजी ३० वर्षिय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले जनाएको छ ।

नदीको बीचमा अड्किको अवस्थामा भेटिएको शव निकालिएको प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीले जानकारी दिए । यो समाचार तयार पार्दा सम्म मृतकको पहिचान खुलेको छैन । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार १४:५१