उर्लदो भेरी नदिमा युवाहरुले हाम फाले !


सल्यान, १ भदौ ।


यस वर्ष पनि सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा स्थानीय युवाहरुले भेरी नदिमा हाम फालेर ‘घिया त्यार’ पर्व मनाएका छन् । वडा नम्बर १ अम्राका स्थानीय युवाले भदौ १ गतेलाई भेल खेल्ने चाडका रूपमा मनाउने गर्दछन् ।


हिउँदयामको महिनाहरुमा पनि वार पार गर्न मुस्कील हुने भेरि नदि, तर वर्षायामको उर्लदो नदिमा पनि हाम फालेर भेल खेल्ने पर्व मनाइएको हो । वनगाडको वडा नम्बर १ देवस्थल स्थीत भेरि नदिमा युवाहरु भेल खेल्नका लागी पस्ने गर्दछन् भने ठिग्नी र अम्रा नजिकै उत्रने गर्दछन् ।


उलिर्दो भेरीको भेलमा धेरै युवाहरु कम्मरमा ‘चिन्नो’ तथा प्लाष्टीकको जर्कीन वाँधेर उक्त भेलमा पसेका थिए । नदिमा नडुवियोस भनेर कम्मरमा चिन्नो तथा जर्कीन बाँध्ने गरिन्छ । ठुलो युवा जमात लहरै लागेर उर्लिदो भेरी नदिमा डुवुल्की मार्दे भेलमा रमाईलो गरिरहेको देखिन्थ्यो ।


यहाँका स्थानीयले भदौ एक गतेलाइ चाडपर्व आगमन भएको दिन मान्दछन् । यहाँ भेल खेल्ने चलन परम्परागत रुपमा रहेको छ । प्रत्यक वर्षको भदौ एक गतेका दिन अम्रा गाउँमा भुई छोड्ने भनेर युवाहरु भेल खेल्ने र महिला तथा वालवालीका जंगल पुगेर पिङ बनाउनको लागि कैयार (बाबियो) काटेर ल्याउने चलन रहेको छ । जंगलबाट काटेर ल्याएको कैयार वुढापाका र युवाले बाटेर पिङ निर्माण गर्दछन् ।


युवाहरु मिलेर उर्लदो भेरि नदिमा भेल खेलेर रमाइलो गरिएको एक युवा दोर्ण यरीले जानकारि गराए । उर्लिदो भेरीमा युवाहरुले भेल खेलेर पुन्य प्राप्ती हुने धार्मिक मान्यता समेत रहेको स्थानीयहरु बताउँछन् । यद्यपि पछिल्लो समय भेल खेल्ने पर्वलाइ स्थानीयहरुले भुल्दै गएको बुढापाकाहरु बताउँछन् । पहिले पहिले टाढाटाढाबाट भेरीमा भेल खेल्न युवाहरु आउने गरेको बताइन्छ ।


बुधबार पनि देवस्थलको बनगाड खोलाको मोड देखि अम्रा सम्म ३ किलोमीटर पौडी खेलेर अम्राका १५/२० जना युवाहरूले पौडी खेलेर घिया त्यार (पौडी खेल्ने पर्व) मनाएका हुन् ।


पहिले नाम्रा, घटागाउ बुरेली र अम्रा र सुर्खेतको राकम, ठिग्नी, घोरेरीमा समेत भेल खेल्ने गरेकोमा हाल यो चलन लोप हुँदै गएको र यसको संररक्षणमा कसैको चासो नदिएको स्थानीयहरु बताउँछन् । यद्यपि पछिल्लो वर्षहरुमा केही युवाहरुले भेल खेल्ने पर्वलाई सरक्षण गर्न जागरुकता देखाएका छन ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार १८:५९