
इन्द्र बुढाथोकी
सल्यान ,पुष १७ सल्यानको एक सामुदायिक वनले ग्याँस चुलो वितरण गरेको छ । जिल्लाको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बागचौर टोलमा रहेको मयुरपँखी सामुदायिक वनले वन समुहमा आबद्ध सदस्यहरुलाई निशुल्क ग्यास चुलो वितरण गरेको छ । समुहमा रहेका ३२ घरधुरीलाई ग्याँस चुलो वितरण गरिएको अध्यक्ष शोभान बिष्टले जानकारी दिए ।
सामुदायिक वनको संरक्षण र प्रयोगलाई कम गर्न ग्याँस चुलो वितरण गरिएको सचिव शारदा सुनारले जानकारी दिएकी छन । यस सामुदायिक वनमा ४५ घरधुरी रहेका छन् । ती मध्ये केही घरधुरीलाई पहिले नै ग्यास चुलो बितरण गरिएको थियो । सामुदायिक बनको करिब २ लाख रुपैँया बढी खर्च गरेर ग्यास चुलो खरिद गरि बितरण गरिएको सामुदायिक बनले जनाएको छ ।
प्रकाशित मिति: १७ पुष २०७६, बिहीबार १७:३९