कभर खबर

  • १३ आश्विन २०७९, बिहीबार १०:५०

घरेलु हिंसा पीडित महिलालाइ इन्सेकद्दारा कानुनी प्रकृयाका लागी आर्थिक सहयोग


सल्यान,०७९ असोज १३


घरेलु हिंसा पीडित महिलालाइ इन्सेकले कानुनी प्रकृयाका लागी आर्थिक सहयोग गरेको छ । घरेलु हिंसा पीडित २२ वर्षीया महिलाले न्यायको पहुँच सम्म पुग्न आर्थिक अभाव भएकाले कानुनी सहायतका लागी आर्थिक सहयोग गरिदिन असार २२ गते इन्सेकलाइ आग्रह गर्नु भएको थियो ।


इन्सेकको परियोजना अन्तरगत जिल्ला स्तरीय सिफारिस संयन्त्रमा निवेदन दिंदै उहाँले कानुनी प्रकृयामा सहयोग गर्न आर्थिक सहयोगको माग गरेपछि इन्सेकले पीडितलाइ असोज १२ गते पाँच हजार रकम सहयोग गरेको हो ।


संजालको पहलमा जिल्ला अदालत सल्यानमा कानुनी प्रकृया समेत अगाडी बढेको संजालका संयोजक गुमान सिंह नेपालीले जानकारी दिनुभयो ।
न्यायको खोजीमा सदरमुकाम खलंगा पुगेकी बागचौर नगरपालिका –१ बागचौर निवासी मिना बस्नेतले पति २५ वर्षीय दिलिप बस्नेतले बिना कारण कुटपिट गर्ने गरेको बताउनु भएको थियो । इन्सेक जिल्ला प्रतिनिधि संग कुरा गर्दै उहाँले भन्नुभयो,मैले मजदुरी गरेर घर खर्च चलाउने गरेकी छु । कही कतै मजदुरी गरे भने पहिला नै पैसा लगेर जानुहुन्छ अनि मदिरा सेवन गरी कुटपिट गर्नुहुन्छ ।


१४ वर्षको उमेरमा भागी विवाह गरेकोमा पछुतो मान्दै उहाँले भन्नुभयो अहिले दुइवटा छोरा भइ सके ठुलो ८ वर्षको र सानो ५ वर्षको छ, मजदुरस्ी गरेर पढाइ र खाना खर्च जुटाउने गरेकी थिंए । पतिले ०७८ चैत २८ गते बिना कारण कुटपिट गर्दै घर निकाला गरेपछि अहिले माइतीमा बसेर मजदुरी गरेर दैनिक गुजारा गरी रहेकी छु ।

सधैं मानसिक र शारिरिक यातना दिने घरमा कसरी फर्किने । बरु सम्बन्ध विच्छेद गरि बिहान बेलुकाको छाक जसोतसो टार्न सकुला ।
केही महिना अघि पतिले बहु विवाह समेत गरेको र कान्छी पत्नी दुइ महिनामै भागेर गएपछि झनै आफुलाइ यातना दिने गरेको उहाँले बताउनुभयो थियो।

प्रकाशित मिति: १३ आश्विन २०७९, बिहीबार १०:५०