कभर खबर

  • १८ आश्विन २०७९, मंगलवार १९:४४

नगरको विकासको लागि आफूले कुनै कसर बाँकी राख्दिन: मेयर भण्डारी

माल्नेटामा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न, भलिबलमा हरले प्रथम

पुरुषोत्तम गिरी

सल्यान असोज १८

समाज परिवर्तन युवा क्लब शारदा नगरपालिका १४ माल्नेटा सल्यानको आयोजनामा दसैँ बिशेष साँस्कृतिक तथा साविक वडा स्तरीय भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक गणेश गिरीको अध्यक्षता तथा शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख भण्डारीले नगरपालिकाले नगरको विकासको लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

अदुवाको लागि चिस्यान केन्द्रको स्थापना को लागि आफू लाग्ने उहाँले बताउनु भयो । यसै गरी लेखा पोखरा भाइरल पिपलको पर्यटकीय विकासमा समेत आफूले सहयोग गर्ने उहाँले बताउनु भयो ।नगर प्रमुख भण्डारीले कार्तिक १ गते देखि ७० बर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा र शिक्षाको विकासको लागि सघन अनुगमन लाई आफूले प्राथमिकतामा राखेको बताउनु भयो ।

जनतालाई विकासको अनुभूति गराउनु नै आफ्नो पहिलो काम भएको भन्दै प्रमुख भण्डारीले सबै जनताले विकासमा हातेमालो गरेमा नगरको विकासले काचुली फेर्ने बताउनु भयो । उहाँले नगरवासीलाई विजयादशमीको अवसरमा शुभकामना समेत व्यक्त गर्नु भयो ।

उपमयर सुस्मिता सापकोटाले नगरपालिका ले खेलकुदको विकासलाई उच्च प्राथमिकता दिएको बताउनु भयो । कार्यक्रममा १४ नम्बर वडा अध्यक्ष प्रकाश पुनले वडाको खेलकुदको विकासको लागि आफूले सक्दो पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा १५ नम्बर वडा अध्यक्ष लोकमान बुढाथोकी, १२ नम्बर वडा अध्यक्ष सुरेन्द्र बुढा, मावि मका अध्यक्ष सुवास रावत लगायतले बोल्नु भएको थियो । कार्यक्रमका उपसंयोजक भुवन केसीले कार्यक्रममा सहभागी लाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठान नेपाल सल्यानको प्रस्तुति, जेबी डान्स क्लबको प्रस्तुति, तथा विभिन्न कलाकारले प्रस्तुति देखाएका थिए ।

यसैगरी भएको साविक वडा स्तरीय भलिबल प्रतियोगितामा हरले टीम प्रथम, तुषारे टीम दोस्रो, स्याला टीम तेस्रो भएका थिए । विजयी प्रथम टीम लाई १५ हजार, दोस्रो लाई १० हजार र तेस्रो लाई ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति: १८ आश्विन २०७९, मंगलवार १९:४४