सल्यानमा पहिरोमा परेर एक किशोरको मृत्यु

सल्यान, २२ असोज ।

सल्यानमा पहिरोमा परेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ मार्केका १४ बर्षिय किशोर अजय बिकको पहिरोमा परेर मृत्यु भएको हो ।

उनी शुक्रबार बेलुकीदेखी पहिरोमा परेर वेपत्ता भएका थिए । वेपत्ता अजयको सुरक्षाकर्मी, स्थानियले खोजी गर्ने क्रममा शनिबार विहान नेपाली सेनाको टोलीले शव फेला पारेको हो । शबलाई पोस्ट मार्टमका लागि अहिले जिल्ला अस्पताल लगिएको प्रहरिले जानकारी दिएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०७९, शनिबार १०:३२