कभर खवर

  • १ कार्तिक २०७९, मंगलवार ११:२५

अरिंगालको टोकाईबाट आमाछोरीको मृत्यु, एकजना घाइते

सल्यान, १ कार्तिक ।

सल्यानमा अरिंगालको टोकाईबाट आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर १ हामपाल बस्ने २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतक शोभाको अंकल २१ वर्षीय नविन बस्नेत घाइते छन् ।

सोमबार साँझ खेतमा धान काटेर घर फर्कने क्रममा तीनैजनालाई शरिरका विभिन्न भागमा टोकेको थियो । अरिंगालले टोकेर घाइते आमा छोरीको सल्यान श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा ४ वर्षीया प्राप्तीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । आमाकको भने मंगलबार बिहान कोहलपुर मेडिकल कलेजमा पु¥याई चेक जाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । घाइते नविनको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलवार ११:२५