राष्ट्र हित र तिब्र विकासका लागि सुर्यमा मतदान गर्न पोलिटब्युरो सदस्य शाहको आग्रह

२३ कार्तिक, सल्यान ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सल्यान (ख) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार गुलाबजंग शाहले राष्ट्रिय हित, स्वाधिनता र स्वाभिमानको रक्षाका लागि एमालेलाइ झनै बलियो बनाउनुपर्ने बताएका छन । चुनावी अभियान अन्तर्गत बुधबार त्रिवेणि गाउंपालिकामा मतदाताहरुसंग सुर्य चिन्हमा भोट माग्दै उनले देशको रक्षा र तिब्र बिकासका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएका हुन । जिल्लाको पुर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगाएतका क्षेत्रको विकासको लागि स्पष्ट योजना सहित अघि बढ्ने उनको बाचा थियो ।

उम्मेद्वार शाहले त्रीवेणि गाउँपालिकाका विभिन्न वडाहरुमा पुगेर घरदैलो गरेका हुन । फालावांग, टोट्के, ढुंगीबजार, सिम्क, पोखरी, लुहाम लगायत विभिन्न वस्तिमा पुगेर उम्मेद्वार र पार्टीका नेताहरुले मत मागेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज प्रीन्स बस्नेतले जानकारी दिए ।

पार्टीका प्रदेश कमिटी सदस्य गिर्दल वोहरा, एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेन, जिल्ला कमिटी सचिवालय सदस्य तथा त्रीवेणी गापा इन्चार्ज बुद्धि केसी, पार्टीका त्रीवेणी गाउंपालिका अध्यक्ष लोकेन्द्र खड्का लगायत विभिन्न जनवर्गीय संगठनका प्रमुख/प्रतिनिधिहरु समेत जनभेटघाट कार्यक्रममा सहभागी भएका थिए । उम्मेद्वार शाहले खेतमा कृषि कर्म गरिरहनुभएका मतदाताहरु संग पनि भेटघाट सहित सुर्य चिन्हमा मतदान गरि मुलुकको समृद्धिका लागि योगदान गर्न अनुरोध गरेका थिए ।

प्रकाशित मिति: २३ कार्तिक २०७९, बुधबार २०:०५