मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति बनाउँदै शारदा नगरपालिका

मंसिर २६ गते


शारदा नगरपालिका र सी.एम.सी. नेपालको साझेदारी र फेल्म नेपालको आर्थिक सहयोगमा संचालनमा रहेको प्रवासी कामदार तथा तिनका परिवारको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्धन परियोजना अन्तरगत विभिन्न कृयाकलापहरु सम्पन्न भएका छन् ।

सी.एम.सी. नेपालको प्राविधिक सहयोगमा तयार भएको नगरपालिका स्तरीय मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति २०७९ बारे आइतबार सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।


नगरपालिका स्तरीय मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनिती र कार्ययोजना निर्माणका लागी गठित प्राविधिक समितीले तयार गरेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति २०७९ बारेमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले सरोकारवालाहरु सामु नीतिमा भएका विषयवस्तु प्रस्तुत गर्नु भएको थियो ।


सो अवसरमा शारदा नगरपालिकाका प्रमुख मेयर प्रकाश भण्डारीले मानसिक स्वास्थ्य सम्बनधी विषय अति संवेदनशील रहेको बताउँदै पालिकाले यस सम्बन्धी नीति बनाएर कार्यान्वयन तर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सी.एम.सी. नेपालका प्रादेशिक संयोजक हिमाल गैरैले प्रवर्धन परियोजना बारे सरोकारवालाहरुलाइ जानकारी गराउनु भएको थियो ।


यस्तै परियोजना सल्लाहकार समितीका संयोजक समेत रहेका नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतमा सोमवार विभिन्न सरोकारवालाहरुको उपस्थितीमा बैठक विभिन्न निर्णय समेत गरिएको छ । बैठकले मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति २०७९ लाइ अन्तिम संसोधन सहित कार्यपालिकाबाट अनुमोदन गर्नेगरि सिफारिस गर्ने निर्णय गरेको छ ।


यस्तै रोजगारीमा गएका व्यक्ती तथा तिनका परिवारका सदस्य,अपाङ्खता भएका व्यक्ती र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तीहरुलाइ जिविकोपार्जन सहयोगका लागी लागत साझेदारी अन्तरगत बिउपुँजीको लागी अनुदान दिने लगायतका निर्णय गरेको छ ।


सो अवसरमा सी.एम.सी. नेपालका प्रादेशिक संयोजक हिमाल गैरैले परियोजना संचालनपछि भएका कृयाकलाप, परियोजनाको उद्देश्य,उपलब्धी र चुनौतीबारे जानकारी दिनु भएको थियो । छलफलका क्रममा उठेका विषयवस्तु र सुझावलाइ आगामी दिनमा परियोजनाका कृयाकलापमा सम्बोधन गर्दै अझै प्रभावकारी ढंगले अगाडी बढाउने उहाँले बताउनुभयो ।

कार्यक्रममा सराेकारवालाहरुले परियोजना संचालन भएको स्थान मार्के स्वास्थ्य चौकीमा स्थलगत अनुगमन समेत गरेका थिए ।।सो अवसरमा सी.एम.सी नेपालका शंकर मालाकार, प्रवर्धन परियोजना कार्यक्रम अधिकृत अनत चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार २१:३०