
बाँकेमा एक व्यक्तिले श्रीमती र छोरामाथि आगो लगाएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर १ स्थित शक्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।
आगोबाट जलेर प्रिन्सको आइतबार राति मृत्यु भएको छ भने श्रीमतीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बाँकेका एसपी सन्तोष सिंह राठौरले आइतबार राति बालकको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।
गंगा बिकको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भाग जलेको छ । अभियुक्तलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रकाशित मिति: १६ माघ २०७९, सोमबार ०८:५१