जापान जाने अवसर, २३ सय नेपाली लिन परीक्षा संचालन हुदै

काठमाडाैँ – जापानले दुई हजार तीन सय भन्दा बढी नेपाली कामदार लिने भएको छ । जापानी सरकारको जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गर्ने भएको हो ।

कामदार छनोटका लागि फाउन्डेसनले परीक्षा तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार पहिलो चरणमा जनवरी ७–८, १४–१६, २१–२३, २८–२९ तारिखमा भाषा परीक्षा लिनेछ।
दोस्रो चरणमा १ हजार ३ सय कादार छनोट गर्न आगामी मार्च ३–५, ९–१२ र १५–१९ तारिखमा भाषा परीक्षा लिइने फाउन्डेसनले जनाएको छ ।

परीक्षामा सहभागि हुनका लागि २५ सय शुल्क लाग्ने छ । फाउन्डेसनले कम्प्युटरमा आधारित प्रणालीबाट लिखित, सीप परीक्षणलगायत परीक्षा लिनेछ। २ सय ५० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन न्यूनतम २ सय अंक ल्याउनुपर्छ।

नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेस गरेर भाषा परीक्षामा सहभागी हुन सकिने फाउन्डेसनले जनाएको छ । गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भए अनुसार फाउन्डेसनले नेपालबाट कमदार लिन लागेको हो ।

प्रकाशित मिति: १९ पुष २०७६, शनिबार २१:११