सल्यान गाडि दुर्घटना अपडेटः चालककाे मृत्यु, वडा सदस्य बुढाथोकी लखनउ रिफर

सल्यान – सल्यानमा विहिबार विहान गाडि पल्टीदा भएकाे दुर्घटनामा घाइते एकजनाको उपचारकाे क्रममा ज्यान गएकाे छ ।  सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे १ ख २५७३ नम्बरको काँक्रेविहार यातायातको फोर्स गाडि दुर्घटना हुदा घाइते भएका चालकको ज्यान गएको हो ।
छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ११ बालुवासंग्रहि नजिक गाडि सडक १ सय ५० मिटर तल खसेको हो । घाइते १७ मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते हुनेमा भेरि गंगा नगरपालिका छिन्चुु सुर्खेतका गाडि चालक ३५ वर्षिय प्रकाश शर्माको ज्यान गएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका वडा न ३ का वडा सदस्य वर्ष ४३ का भिम बहादुर बुढाथोकी भित्री चोट लागेको र नेपालगन्ज उपचार सम्भावना नभएर थप उपचारको लागि लखनउ लगिएको छ ।

अन्य घाइते सवै १६ जनाको नेपालगंजमा उपचार भैरहेको छ । घाइते हुनेमा सशत्र प्रहरी वल सल्यानमा कार्यरत होम पंगाली,भेरि गंगा नगरपालिका सुर्खेतका शान्त कुमार तिरुवा, शारदा नगरपाकिा भुमवहादुर वुढाथोकी, बनगाड कुपिण्डे नगरपालिका १ का अनिष विश्वकर्मा, जाजरकोट छेडाका सहचालक गोपाल वड, जाजरकोट कुसे ५ का दलवहादुर रोकाय बनगाड कुपिण्डे ३ का वडा सदस्य भिमवहादुर वुढाथोकी छन् ।

यसैगरी रुकुम चौहरजारीका विजय दर्लामी, रसुवा घर भएकि मालति आचार्य, जाजरकोट साल्माका पदम रोकाय, सल्यान श्रीनगरका गौतम वुढाथोकी, ज्वाला दलगण लमजुङका पुर्ण वहादुर सुनार, ललितपुर पाटनकी रजनि श्रेष्ठ,जाजरकोट छेडागाड नगरपालिकाकी भगवती उपाध्याय,काठमाडौका अनिता मान्नधर छन् । घाइते हुनेमा २ वालक, ६ महिला र ९ पुरुष जना रहे प्रहरलिे जनाएको छ ।

दुर्घटनाको कारण गाडी तिब्र गतिका कारण ओरालोमा दुर्घटना भएको अनुमान गरिएको छ प्रहरीले जनाएको छ । दैनिक गाडी दुर्घटना बढदै गैरहेको छ । दुर्घटना हुनुको मुख्य कारण गाडीहरू तिब्र गतिमा हुनु ट्राइभरले मदिरा सेवन गरेर गाडी हाक्नु र मोबाइल फोनमा कुरा गर्नु लगाएत समस्या कारण गाडी दुर्घटना हुन्छ्न भने ड्राइभर सिट क्याभिनमा केटी महिलाहरू राख्नु नै यसको मुख्य कारण रहेको जानकार हरुले बताउने गरेको छ । गाडी दुर्घटना हुनुको कारण ओरालोमा गाडिको तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

याे पनि पढ्नुस

सल्यानमा फोर्स गाडी दुर्घटना, १८ घाईते, पाँचको अवस्था गम्भीर

प्रकाशित मिति: २४ पुष २०७६, बिहीबार २०:०७