तीन दिन अघि हराएकी महिलाको शव शारदा नदीमा

सल्यान –  जिल्लाकाे शारदा नदीमा एक महिलाको शव फेला परेको छ । शारदा नगरपालिका –१५ सिमतरा निवासी अन्दाजी ५८ बर्षिय लक्ष्मी रोकायको शव फेला परेको प्रहरीले जनाएको छ ।
तिन दिन अघिदेखी हराएकी रोकाको शव सोही ठाँउ स्थित शारदा नदिमा शनिवार दिउसोँ फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो शारदा नदीमा मृतकको शव पानीमा डुबी रहेको अवस्थामा स्थानीयले देखपछि प्रहरीलाइ खबर गरेका थिए । मृतक रोकाय माघ २ गते घरबाट निस्कीएको र त्यसपछि सम्पर्कमा नआको उनका आफन्तले बताए ।
मृतकको शव पोष्टमोर्टमको लागी जिल्ला अस्पताल सल्यानमा रहेको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको डिएसपी खतिवडाले बताउनुभयो ।

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार १९:५३