
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-१०-०४, साँझ ६:०० बजे)
मौसम विश्लेषण) Meteorological Analysis):-
नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुंदै गईरहेको छ।
मौसमको अवस्था )Present Weather Status):
देशको उच्च पहाडी र हिमाली भेगमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ४ गते (शनिबार)
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकि भु-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिमका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का बर्षा हुनसक्ने संभावना रहेको छ।
माघ ५ गते (आइतबार)
दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।
रातीः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पूर्वी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।
माघ ६ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।
रातीः देशभर सामान्यतया बदली भई पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
देशका केही स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध छ ।
प्रकाशित मिति: ४ माघ २०७६, शनिबार २१:४०