विद्यालयमा अटोमेटिक स्यानेटरी प्याड मेसिन जडान भएपछि छात्रा दंग

सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा छात्राका लागि स्यानिटरी प्याड उपलब्ध गराउने मेशिन जडान भएको छ ।जिल्लामै पहिलो पटक छात्राका लागि स्यानिटरी प्याड उपलब्ध गराउने अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएपछि छात्राहरु दंग परेका छन् ।
गाउँपालिकाले पहिलो चरणमा पालिकाको वडा नम्बर ६ स्थित त्रिभुवन जनता माबि र वडा नम्बर १ को भानुभक्त माबिमा बुधबार अटोमेटिक प्याड मेसिन जडान गरेको छ।त्रिभुवन जनता माविमा भएको एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष सीता केसि र कक्षा १० मा अध्ययनर छात्रा पिमा बुढाथोकीले सम्युक्त रुपमा प्याड मेसिनको उद्घाटन गर्नुभयो ।


महिनावारी भएकाबेला छात्राहरु बिधालय नआउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले पहिलो चरणमा २ वटा बिद्यालयमा उक्त प्याड मेसिन जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताउनुभयो ।मेसिन जडानपछि महिनावारी भएका छात्राहरुपनी नियमित बिद्यालय आउने अपेक्षा गाउँपालिकाको रहेको उहाँले बताउनुभयो ।उहाँका अनुसार छात्राहरूले एटिएमजस्तै मेसिनबाट स्यानिटरी प्याडको निस्शुल्क सुविधा पाउनेछन्।
एकपटकमा ५० स्यानिटरी प्याड अटाउने क्षमता रहेको मेसिनमा स्मार्टकार्ड छिराएको १० सेकेन्ड भित्रै प्याड मेसिनबाट बाहिर खस्ने मेसिन बिक्रेता टाइम्स कम्पुलोजीका संचालक प्रकाश बाबू चन्दले बताउनुभयो ।उहाँका अनुसार बिधुत अबरुद्ध भएको समयमापनि मेसिनमा ५ घन्टासम्म धान्ने पावर ब्याकअप राखिएको छ।
गाउँपालिकाले प्याड मेसिन खरिदकालागि २ लाख बजेट बिनियोजन गरेको थियो।जडान गरिएका उक्त २ वटा मेसिनलाई गाउँपालिकाको स्वास्थ्य शाखाले १ लाख ९८ हजार मुल्यमा खरिद गरेको गाउँ स्वास्थ्य शाखाले जनाएको छ।गाउँ स्वास्थ्य शाखाका अनुसार आगामी बर्ष गाउँपालिकाका सम्पुर्ण माध्यमिक बिद्यालयहरुमा उक्त मेसिन जडान गर्ने बताएको छ।
सामुदायिक विद्यालयमा महिनावारी भएको बेला छात्राहरु विद्यालय नआउने समस्या कारण छात्राको पठनपाठन गुणस्तरीय नभएका देखिएकाले उक्त मेसिन जडान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताउनुभयो । मेसिन जडानपछि छात्राको उपस्थिति दर बढ्ने र पठनपाठन प्रभावकारी हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

महिनावारी भएपछि छात्राले बीचैमा कक्षा छाड्ने र एक सातासम्म विद्यालय नआउने समस्या देखियो, अधिकांश छात्रामा लाज र अन्य स्वास्थ्य समस्याका कारण विद्यालय नियमित नआउने समस्या हलहुने छ उहाँले बताउनुभयो । मेसिन जडानपछि छात्राको उपस्थिति दर बढ्ने र पठनपाठन प्रभावकारी हुने विश्वास रहेको बताउनुभयो ।
मेसिनमा राखिएका प्याड बिद्यालय समयभित्र जुनसुकै समयमापनी निकाल्न सकिने बिद्यालयले जनाएका छन।कक्षा ६ देखि १० सम्म प्रत्येक कक्षामा टिम लिडर सहित २ वटा ग्रुप बनाएको छ। आआफ्नो ग्रुपका छात्राहरुले टिम लिडर सङ स्मार्टकार्ड लिएर प्याड निकाल्न सक्ने त्रिभुवन जनता माबीका प्रअ जित बहादुर भन्डारीले बताउनुभयो ।सम्पुर्ण छात्राहरुलाई मेसिनमा स्मार्टकार्ड छिराएर प्याड निकाल्ने प्रक्रिया पनि सिकाएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार २१:१७