प्रतिष्ठित व्यापरी श्रेष्ठको शोकमा दुइ घण्टा बजार बन्द

सल्यान ।सल्यानका प्रतिष्ठित व्यापारी नरेश श्रोष्ठको निधनकाे शाेकमा  बजार बन्द हुने भएका छन् ।

शारदा नगरपालिका –२ निवासी त्रिवेणी इन्टरप्राईजेजका संचालक नरेश श्रेष्ठको निधनको शोकमा दुइ घण्टा बजार बन्द गर्न लागिएको उद्योग वाणिज्य संघ सल्यानले जनाएको छ । सल्यान उद्योग बाणिज्य संघ सल्यानको आह्वानमा बिहान ११ बजेदेखि दिउँसो १ बजे सम्म बजार बन्द गर्न लागिएको हो । यस अवधिमा जिल्लाको खलंगा, श्रीनगर, कपुरकोट, सल्लिबजार, थारमारे लगायतका सम्पुर्ण ठाउँमा सञ्चालित उद्योग तथा पसलहरु बन्द गर्न लागिएको हो ।

सल्यान उद्योग बाणिज्य संघ सल्यानका सल्लाहकार श्रेष्ठको शनिबार निधन भएको थियो ।

प्रकाशित मिति: १२ माघ २०७६, आईतवार १२:०३