
इन्द्र बुढाथाेकी।सल्यान, जिल्लामा छुट्टाछुट्टै दुइ स्थानमा रहेको एनसेल टावरमा आगजनी भएको छ ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –४ देउलीमा रहेको एनसेलको टावरमा अपरिचित पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । माघ १२ गते राती । टावर संचालन गर्न राखिएको जेनरेटर र बिटीएसको तार काटेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
यस्तै शारदा नगरपालिका –१३ लेखटाकुरामा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ । दुबै घटनामा एकै प्रकृतिको जेनरेटर र बिटीएसको तार काटेर आगजनी भएको डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो । प्रहरीले अहिले घटना स्थल पुगि अनुसन्धान शुरु गरेको जनाएको छ । एनसेल टावरमा आगजनि भए पछि सो क्षेत्र आसपासका वस्तिहरु सञ्चार विहिन भएका छन् । बम डिस्पोजल टोलि घटनास्थल पुग्दा टावरमा संकास्पद बस्तु बम नभइ सामान्य वस्तु भेटिएकाले साे स्थानमा बम नरहेकाे प्रहरीले पुष्टी गरेकाे ५ । घटनामा संलग्नहरुको खोजीकार्य भइ रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १३ माघ २०७६, सोमबार १३:३९