जाजरकोट घर बताउने एक बेवारिसे महिला सल्यानमा फेला

सल्यान ।सल्यानमा एक बेवारिसे महिला फेला पर्नु भएको छ । जाजारकोट घर बताउँदै आएकी करिब ५२ वर्षीया सेतु बुढा मगर नाम गरेकी महिला भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मंगलबार विाहन खैराबाँग मन्दिर आसपास फेला परेकी ती महिला मानसिक रुपले अस्वस्थ रहेकोले सम्पुर्ण विवरण आइ नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर लक्षमण वलीले जानकारी दिनुभयो ।
महिलाको आफन्तसंग सम्पर्क गर्ने कोशिश भइ रहेको र परिवारका सदस्य नआउँदा सम्म जिल्ला स्थित सुरक्षित आवास गृहमा बास बस्ने व्यवस्था मिलाइएको छ । प्रहरीले उहाँलाइ चिन्ने  जाे काेहीले आफन्त वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार १४:३२