सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक शिक्षककाे मृत्यु

सल्यान, माघ १४ ।सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ एकजना मुत्यु भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित कल्लेखोलामा रा ३ प ७००० नम्बरको मोटसाइकल दुर्घटना हुदाँ दार्मा गाउँपालिका १ रानीपानी घर भएका अन्दाजी ४४ वार्षिया शिक्षक टेक बहादुर केसिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार अपरान्ह ४ बजे दुर्घटना परेका केसीलाई उपचारको लागि जिल्ला अस्पताल सल्यानमा लगिएको केही समय पश्चात मुत्यु भएको प्रहरी बताएको हो । जिल्लाको श्रीनगरबाट जयचौर जादै गरेको बसलाई उछिनेर अगाडि जाने क्रममा मोटरसाईकल अनियन्त्रित हुदाँ दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान सुरु भएको र बस चालकलाई जयचौर प्रहरीले नियन्त्रणमा लिएको प्रहरी चौकी भोटेचौरले जनाएको छ ।

शिक्षक केसी नेपाल शिक्षक संघ दार्मा गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार १९:५६