स्वर्गीय मातापिताको नाममा विद्यालयमा २ लाखको अक्षयकोष

सल्यान – श्री त्रिभुवन जनता माध्यमिक बिध्यालय शंखपिपल च्युराको अभिभावक भेलाको अवसर पारी निर्माण व्यवसायी प्रकाश शाहले अक्षयकोष स्थापन गरेका छन ।

साविक मुलखोला गाविस वडा न ९ हाल बनगाड कुपिण्डे नगरपालिका वडा न ५ खैरागाड निवासी हाल नौबस्ता ८ बाके बस्दै आउनु भएका निर्माण व्यवसायी प्रदेश ५ का महासचिव प्रकाश शाहले आफुले पढेको स्कुल गरिब, जेहेन्दार ,आर्थिक अवस्था कमजोर भएको विद्यार्थीहरुलाइ सहयोग गर्नु उदेश्यले आज स्वर्गीय पिता इन्द्र बहादुर शाह र स्वर्गीय आमा मेघ कुमारी शाहको नाम बाट १/१ लाख गरि जम्मा २ लाखको अक्षयकोष स्थापन गरेका छन ।

युवा निर्माण व्यवसायी समेत रहेका शाहले आफुले माध्यामिक सम्म शिक्षा हासिले गरेको बिध्यालयमा अब आउने विद्यार्थीहरुले पढाइमा कुनै समस्या नपरोस् भने उदेश्यले अक्षयकोष घोषण गरेको बताएका छन । साथै सामाजसेवा सधै तल्लीन हुने निर्माण व्यवसायी शाहले आवश्यक परेमा अझै अक्षयकोष थपन सकिने समेत बताउनु भएको छ ।

अक्षयकोष घोषण गरिसके पछि शाह र उहाको श्रीमती महिमा शाहलाई नगर प्रमुख गोविन्द कुमार पुनले र मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले दोसल्ला ओढाएर सम्मान गरेका छन ।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार ०७:३०