प्रतिक्षालय हटाएर सल्लीबजार चौडा बनाउने काम शुरु

इन्द्र बुढाथोकी,पश्चिमबनगाड। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजारविस्तारको कामा शुरु भएको छ ।बजारमा रहेको प्रतिलाक्षय हटाएर बिच सडक बाट १५÷१५ मिटर चौडा बनाउन सुरु गरिएको नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनुभयो ।
नगरप्रमुखको अग्रसरतामा जनप्रतिनिधि,व्यापारी राजनैनिक दल लगाएतको सहमतिमा बजार विस्तार गर्न लागिएको हो । बजारमा जनधनत्व बढदै गएका कारण बजार चौडा बनाउन सुरु गरिएको नगर प्रमुख पुनले जानकारी दिनु भयो ।


नगर प्रमुख पुनका अनुसार पहिला बिच सडकमा रहेको प्रतिक्षालय फालेर र सुरु गएको र आज देखि नै सबैले जथाभावी राखिएका टहराहरु तत्काल हटाएर बजार चौडा बनाउनमा सबैलाइ नगर प्रमुख पुनले अनुरोध गर्नु भएको छ ।
२०५८ सालमा तत्कालीन नेकपा माओवादी पहलमा अनुमानित ४ लाख लाग्तमा निर्माण गरिएको जनसरका उप प्रमुख धर्मे बुढा (ज्वाला) ले बताउनु भएको छ । नगरपालिकामा आवश्यक पर्ने ठाउँमा तत्काल यात्रुहरुको लागि प्रतिक्षालय बनाइने समेत नगर प्रमुख पुनले बताउनु भएको छ ।कार्यपालिकाको भदौ महिनाको निर्णयमा बजार चौडा बनाउने निर्णय भएको थियो ।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार १३:३१