
इन्द्र बुढाथोकी ।पश्चिम बनगाड ।गुणस्तरीय शिक्षाका लागी नगरले योजना बनाएर अघि बढ्ने बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले बताउनु भएको छ । शिक्षा सुधारका लागी अब छिटैनै विद्यालय अनुगमन गर्ने, शिक्षक दरबन्दी मिलान, बिद्यालय मर्ज लगायतका कामहरु अगाडी बढाउने उहाँले बताउनुभयो ।बनगाड कुपिण्डे नगरपालिका –५ खैरागारमा रहेको भगवती आधारभूत बिद्यालयको शैक्षिकसत्र २०७६ सालको दोस्रो अभिभावक भेलालाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
नगर भित्रका बिद्यालयलाइ आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउँदै उहाँले विद्यालयका समस्या ल्याएर नगरमा आउन आग्रह गर्नु भयो । रकम नभएर केही काम अवरुद्ध हुन्छन् भने त्यसलाई अवरुद्ध हुन दिने छैनौ,उहाँले भन्नुभयो, ‘कुनैपनि विद्यार्थी विद्यालय टाढा भएर शिक्षाबाट बन्चित भएको सुन्न पर्ने छैन्, हामी विद्यालयमा तत्काल शिक्षाको व्यवस्था गर्ने छौं ।’
नगर भित्रका ८ वटा मावि र एक क्याम्पसको तत्काल डिपिआर तयार गर्न लागेको समेत उहाँले बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा कतै राजनीतिक नगर्न आग्रह गर्नु भयो । नेकपा जिल्ला अध्यक्ष समेत रहेका पुनले विकासमा राजनीति समेत नगर्न बनगाड कुपिण्डेका राजनीतिक दललाई चेतावनी दिनु भएको छ ।
बालबालिका काचो माटो भएको भन्दै नगर प्रमुख पुनले बालबालिका कस्तो बनाउने भन्ने शिक्षक र अभिभावकको जिम्मेवारी भएको बताउनु भयो । बिद्यालयका समस्याहरु प्रअ बैठक बाट निर्णय गराएर नगर प्रमुखलाई दिएमा आफुले कार्यापालिकाको बैठक बाट अनुमोदन गराएर विकासका लागि अगाडि बढने उहाँको भनाइ थियो ।
उहाँले आफुलाइ भोट भन्दापनि नगरको विकासको आवश्यक रहेको भन्दै जनतालाई विकास चाहएकोले आफू विकास दिन लागेको बताउनु भयो । आगामी चैत भित्र च्युरा सम्म बिद्युतलाई विस्तार गरेर बति बालेर उज्यालो बनाउने प्रतिबद्धता जनाउँदै उहाँले यो वर्ष डिपिआर गरि नगरपालिका १२ वटा वडाका गाउँबस्तिमा २ वर्ष भित्र बिजुली बति बाल्ने जानकारी दिनु भयो । उहाँले समाज एकता भएमा विकासमा समृद्धि आउने र विकास हुने बताउनु भयो ।
कार्यक्रममा बिशिस्ट अतिथी नेकपाका जिल्ला सचिव कर्ण बहादुर बुढाथोकीले शैक्षिक छलफल बहस गरेर आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नु भएको छ । शिक्षा सुधार गर्ने जनप्रतिनिधि, अभिभावक , शिक्षक विद्यार्थी ४ पक्ष बिच सबैले आफ्नो ठाउँ बाट सहयोग गरे यश विद्यालयको मात्र नभए समग्र नगरपालिकामा शिक्षा सुधार गर्न सकिने उहाँको भनाइ थियो ।
विद्यालयको शैक्षिक अवस्था बारे प्राध्यापक चन्द्र कुमारी घर्तिले विद्यालयमा बालमैत्री, बाल मनोबैज्ञानिक र कम्प्युटर शिक्षा दिनमा केही समस्या रहेको बताउनु भयो । गत वर्षको शैक्षिक उपलब्धि बारे जानकारी दिंदै उहाँले अभिभावकहरुले आफ्ना छोराछोरी के पढे कसरी पढाउछन भनेर निगरानी गर्न कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो ।उहाँले अभिभावकले शिक्षकलाइ मात्र आरोप नलगाएर अभिभावक आफै पनि सजग हुनुपर्ने बताउनु भयो ।
स्थानीय ज्ञान बहादुर बिकले विद्यालयलाइ १ लाख बराबरको सोलार सेट र कम्प्युटर सहयोग गरेको भन्दै गउनका बुवा शिवलाल कामीलाइ विद्यालयले सम्मान गरेको छ । विद्यालयलाइ १० हजार ५ रुपैँया सहयोग गरेकाराप्रपा नेपाल नगर अध्यक्ष डिल्ली बहादुर रानालाइपनि सम्मान गरिएको छ । भेलाले डिल बहादुर रानाको अध्यक्षतमा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।जस्को सदस्यमा दुर्ग बहादुर राना, भुमिका राना,सुमित्रा राना, तिलक राना, चित्रा खत्री, पदेन सदस्यमा जनप्रतिनिधि कल्पना राना, शिक्षक प्रतिनिधिमा घन बहादुर राना र सदस्य सचीवमा प्रअ चन्द्र कुमारी घर्ती रहनु भएको छ।
कार्यक्रममा ५ नम्बरका वडा अध्यक्ष कमल बिक, राप्रपा नेपाल सल्यान जिल्ला सह सचीव हिरालाल बिष्ट , नेकपा नगर अध्यक्ष किर्ती बहादुर राना, नेकपा जिल्ला सदस्य टोपबहादुर बिष्ट, नेपाली काङ्ग्रेस नगर सह सभापति डिलबहादुर राना, राप्रपा नगर अध्यक्ष डिल्ली राना, नेपाल शिक्षक महासंघ नगर अध्यक्ष अकबर पुन, श्री त्रिभुवन जनता मावी च्युराको प्रअ गुमान सिह बिष्ट लगायतले बोल्नु भएको थियो ।
प्रकाशित मिति: १५ माघ २०७६, बुधबार २०:३५