सल्यानमा नागरिक मैत्री प्रहरी सेवा तथा मानवअधिकार बिशेष अनुशिक्षण तालीम शुरु

सल्यान ।
जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजनामा सल्यानमा नागरिक मैत्री प्रहरी सेवा तथा मानवअधिकार बिशेष अनुशिक्षण तालीम शुरु भएको छ । नेपाल प्रहरीको आधार स्तम्भको रुपमा ठूलो संख्यामा रहेका प्रहरी हवल्दार तथा जवानहरु सबैलाई समेट्ने गरी तालीम संचालन भएको प्रहरीले जनाएको छ ।
कर्मचारीहरको कार्य क्षमतामा थप प्रभावकारिता ल्याउन तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजले प्रहरी प्रशिक्षण बिकास कार्यक्रम योजना अन्तरगत तालीम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।


छोटो अवधिको बिशेष अनुशिक्षण मार्फत स्थलगत रुपमा गई कार्य क्षेत्रमा आवश्यक पर्ने ज्ञान तथा शिप प्रदान गरी पेशागत दक्षतामा अभिबृद्धि गर्ने उद्धेश्यले नागरिक मैत्री प्रहरी सेवा तथा मानवअधिकार बिशेष अनुशिक्षण तालीमको उद्घाटन प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले गर्नुभयो ।
५ दिन सम्म संचालन हुने तालीममा १२ जना प्रहरी हवल्दार र २३ जना प्रहरी जवान गरी ३५ जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति: २० माघ २०७६, सोमबार ११:१२